मतदाता नामावली अद्यावधिक सुरु : झुटा विवरणकाे उजुरीमाथि सम्बन्धित मतदातालाई सफाइको मौका

 भदौ १३, २०७९ सोमबार २०:०:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – निर्वाचन आयोगले आउँदो प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य चुनावलाई लक्षित गरी मतदाता नामावली अद्यावधिक कार्यक्रम सुरु गरेको छ । आयोगमा सङ्कलित मतदाता विवरणलाई हिजो आइतवार वडास्तरमा प्रकाशन गराइएको र अब तोकिएको प्रमुख अधिकारीले नाम दर्ता दाबी विरोधका कार्यक्रम सञ्चालन गर्ने निर्वाचन आयोगले जनाएको छ ।  

अब मतदाता नामावलीमा त्रुटि भए सच्याउने, झुटा विवरण दिइ नाम लेखाइएको भए प्रक्रियागतरूपमा निवेदन दिइ हटाउन लगाउनुको साथै एकै व्यक्तिको एक वा एकभन्दा बढी ठाउँबाट नामावली सङ्कलन भएको भए हटाइनेछ । झुटा विवरणबारे प्राप्त उजुरीमाथि सम्बन्धित मतदातालाई सफाइको मौका पनि दिइनेछ । नामावलीमा अद्यावधिक कार्य सम्पन्न गरी यही भदौ २४ गते आयोगमा विवरण पठाउन भनिएको छ ।

आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रम २०७९ गएको साउन २२ गते आयोगबाट स्वीकृत गरी प्रमुख नाम दर्ता अधिकारी तोकेको थियो । यही भदौ ३१ गते आयोगले अन्तिम मतदाता नामावली स्वीकृत गरी वेबसाइटमा प्रकाशन गर्नेछ । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया