पीएम कप महिला क्रिकेट : 'सुपर–फाेर' मा आर्मीले सुदूरपश्चिमला...
माघ १०, २०८१ बिहिबार
काठमाण्डाै – ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले नेपाल विद्युत् प्राधिकरणमा निर्माण सम्पन्न भएको विद्युतीय चार्जिङ स्टेशनको उद्घाटन गर्नुभएको छ । विद्युतीय गाडी चार्ज गर्न प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्कमा बनेको चार्जिङ स्टेशन ऊर्जामन्त्री भुसालले आज मङ्गलवार उद्घाटन गर्नुभएको हो ।
प्राधिकरणले देशका विभिन्न ५१ वटा ठाउँमा पनि चार्जिङ स्टेशन बनाइरहेको छ । प्राधिकरणको चार्जिङ स्टेशन पूर्वाधार विकास आयोजनाले पहिलो चरणमा पूर्वदेखि पश्चिमसम्मका मुख्य सहर र राजमार्गका ठाउँ–ठाउँमा जडान गरिरहेको छ । बिर्तामोड, दमक, विराटनगर, इटहरी, बेलका, सुनसरी बसपार्क, लहान, बर्दिबास, सिन्धुलीमाडी, खुर्कोट, बनेपा, पथलैया, हेटौँडा, चितवन, मुग्लिन, धार्के, पोखरा, बर्दघाट, बुटवल, भैरहवा, चन्द्रौटा, लमही, कोहलपुर, लम्की, अत्तरिया, महेन्द्रनगर र सुर्खेतमा चार्जिङ स्टेशन जडान भइरहेको छ ।
काठमाण्डाै उपत्यकाको साझा पेट्रोल पम्प नजिकै पुल्चोक, बल्खु, स्वयम्भू चोक र त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि चार्जिङ स्टेशन जडान भइरहेको प्राधिकरणले जनाएको छ । चीनको वाङडेङ डिजिटल इनर्जीले ३७ करोड रुपैयाँको लागतमा चार्जिङ स्टेशन जडानको काम गरिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।