केन्यासँगकाे खेलमा ज्ञानेन्द्र मल्लले ५९ रन बनाए

 भदौ १४, २०७९ मंगलबार १६:५४:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – केन्यासँगकाे पाँचाैँ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ज्ञानेन्द्र मल्लले अर्धशतक बनाएका छन् । मल्ल ४४ बलमा ५९ रन बनाएर आउट भए । 

ज्ञानेन्द्र ५९ रन बनाउँदा पाँच वटा चाैका र दुई वटा छक्का प्रहार गरे । उनी १४ ओभर २ बलमा भिराज पटेलकाे बलमा आउट भए । ज्ञानेन्द्रले तीन वर्षपछि टी–२० क्रिकेटमा अर्धशतक प्रहार गरेका हुन् ।

पाँच खेलकाे टी–२० शृङ्खलामा आज नेपाल र केन्याबीच निर्णायक खेल भइरहेकाे हाे । शृङ्खलामा नेपाल र केन्याले दुई–दुई वटा खेल जितेका छन् । आजकाे खेल जित्नेले शृङ्खला जित्नेछ । नेपालले पहिलाे र तेस्राे खेल जित्दा केन्याले दाेस्राे र चाैथाे खेल जितेकाे छ । 

 

अन्तिम अपडेट: असार २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया