जिम्बावेसँगको एकदिवसीय क्रिकेट श्रृंखला अष्ट्रेलियालाई

 भदौ १५, २०७९ बुधबार ११:५४:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

जिम्बावेसँगको तीन खेलको एकदिवसीय क्रिकेट श्रृंखला अष्ट्रेलियाले एक खेल अगाडि नै जितेको छ ।

आज भएको दोस्रो खेलमा घरेलु टोली अष्ट्रेलियाले जिम्बावेलाई ८ विकेटले हरायो । जितसँगै आईसीसी विश्वकप सुपर लिग अन्तर्गतको श्रृंखलामा अष्ट्रेलियाले २–० को अग्रता बनाएको छ । जिम्बावेले दिएको ९७ रनको लक्ष्य अष्ट्रेलियाले १४ ओभर ४ बलमा २ विकेट गुमाएर भेट्टायो । अष्ट्रेलियाका स्टिभ स्मिथले अविजित ४७ रन जोडे । एलेक्स केरी २६ रनमा अविजित रहे । त्यस्तै डेभिड वार्नरले १३ रन बनाए । जिम्बावेका रिचार्ड एनगाराभाले २ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको जिम्बावेले २७ ओभर ५ बलमा अलआउट हुँदै ९६ रन बनाएको थियो ।

अष्ट्रेलियाका मिचेल स्टार्क र एडम जाम्पाले ३/३ तथा क्यामरुन ग्रीनले २ विकेट लिए । पहिलो खेल अष्ट्रेलियाले ५ विकेटले जितेको थियो । तेस्रो तथा अन्तिम खेल शनिबार हुनेछ ।
 

अन्तिम अपडेट: असार ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया