२४ घण्टाभित्र राजस्व तिर्न काठमाण्डाै फन पार्कलाई महानगरकाे 'अल्टिमेटम', नतिरे सिलबन्दी गर्ने चेतावनी

 भदौ १५, २०७९ बुधबार १६:३२:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले प्रदर्शनीमार्गमा रहेको काठमाण्डाै फन पार्कलाई २४ घण्टाभित्र राजस्व तिर्न अल्टिमेटम जारी गरेको छ ।

महानगरपालिकाको राजस्व विभागले आज बुधवार विज्ञप्ति निकालेर २४ घण्टाभित्र व्यवसाय, बहाल, मनोरञ्जन र विज्ञापन कर तिर्ने समय दिएको हो । यदि २४ घण्टाभित्रमा महानगरलाई बुझाउनुपर्ने राजस्व नबुझाएमा फनपार्क सिलबन्दी गर्ने चेतावनी महानगरले दिएको छ । फन पार्कले सात वर्षदेखि कर नतिरेका कारण भोलि बिहीवार बेलुकासम्म बक्यौता कर नतिरे बन्द गर्ने चेतावनी दिएको महानगरको राजस्व विभागले जनाएको छ ।

समाज कल्याण परिषद्को स्वमित्वमा रहेको क्षेत्रमा काठमाण्डाै फन पार्क प्रालिले भाडामा भौतिक संरचनाहरू निर्माण गरेर खेल गतिविधि सञ्चालन गर्दै आएको छ । सामाज कल्याण परिषद्को भृकुटीमण्डपमा रहेकाे फनपार्कले ६० रोपनी जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि १४ जनाविरुद्ध मुद्दासमेत दायर गरेको थियो । 

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया