ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले ६–० गोलको फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई ६–० गोलले हराएको हो । सिटीका एर्लिङ ब्राउट हालाण्डले ह्याट्रिक गरे । उनले लगातार दोस्रो खेलमा ह्याट्रिक समेत गरेका छन् ।
यसअघि हालान्डले क्रिस्टल प्यालेससँगको खेलमा ह्याट्रिक गरेका थिए । जुलियन अल्भारेजले दुई तथा जोआओ क्यान्सेलोले एक गोल गरे । जितसँगै सिटी ५ खेलबाट १३ अंक जोडेर दोस्रो स्थानमा यथावत् छ । पराजित नटिङ्घम फरेस्ट ४ अंक जोडेर १५औं स्थानमा छ ।
यस्तै, गए राति नै भएकाे इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टनभिल्लालाई २–१ गोलले हराएको हो । लगातार ५ खेल जितेको आर्सनल शीर्षस्थानमा कायमै छ । आर्सनलको १५ अंक छ । यस्तै अर्को खेलमा लिभरपुलले न्यक्यासललाई २–१ गोलले हराएको छ । उसको ५ खेलमा ८ अंक छ । लिभरपुल अंकतालिकाको पाँचौ स्थानमा छ । अर्को खेलमा बर्नमाउथ र उल्भ्स्ले गोलरहित बराबरी खेलेका छन् । वेष्ट ह्याम र टोटनहमले एक/एक गोलको बराबरी खेलेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।