प्रदीप गिरिले छाेडेर गएका चिन्तनलाई कांग्रेसले देशभर पुर्‍याउँछ : प्रधानमन्त्री देउवा

 भदौ १६, २०७९ बिहीबार १८:७:३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले स्व. प्रदीप गिरिलाई समाजवादी र दार्शनिक व्यक्तित्वको रूपमा स्मरण गर्नुभएको छ । 

आज बिहीवार काठमाण्डाैमा भएको १३ औँ दिनको स्मृति सभालाई सम्बोधन गर्दै उहाँले नेपाली कांग्रेसका नेता गिरि भर्सटायल, जिनियस भएको बताउनुभएको हो । प्रधानमन्त्री देउवाले गिरिमा सबै क्षेत्रको ज्ञान रहेको उल्लेख गर्दै नेपालमा गिरि सरहको बौद्धिक व्यक्तित्व कमै मात्र पाइने बताउनुभयो । गिरिको निधनले नेपाल र सारा विश्वलाई अपूरणीय क्षति पुर्‍याएकाे उहाँकाे भनाइ थियाे । 

उहाँले भन्नुभयो, ‘गिरि एकदमै भर्सटायल, जिनियस मान्छे हुनुहुन्थ्याे । उहाँमा सबै क्षेत्रको ज्ञान थियो । उहाँ समाजवादी मात्रै होइन, दार्शनिक पनि हो । नेपालमा त्यस्तो विद्वान् मानिस धेरै कम छन् । उहाँको निधनले हामीलाई अपूरणीय क्षति भएको छ । यसको पूर्ति हामी गर्न सक्दैनौँ ।’

प्रधानमन्त्री देउवाले गिरिका लेखहरू पढ्नैपर्ने र लेखहरूमा समाजवादको चिन्तन र समाजवादी आन्दोलनका अनगिन्ती ज्ञान मिल्ने बताउनुभयो । उहाँले गिरिले छोडेर गएका चिन्तनहरूलाई नेपाली कांग्रेसले देशभर पुर्‍याउने बताउनुभयो । 

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया