श्रीलंका एसिया कप क्रिकेटको सुपर चारमा प्रवेश : बंगलादेश बाहिरियो

 भदौ १७, २०७९ शुक्रबार ७:१२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

श्रीलंका एसिया कप क्रिकेटको सुपर चारमा प्रवेश गरेको छ । गएराति भएको खेलमा बंगलादेशलाई २ विकेटले हराउँदै श्रीलंका सुपर चारमा पुगेको हो ।

जितसँगै समूह ‘बी’बाट श्रीलंका र अफगानिस्तान सुपर चारमा पुगेका छन् । बंगलादेश बाहिरिएको छ । दुबईमा बंगलादेशले दिएको १ सय ८४ रनको लक्ष्य श्रीलंकाले १९ ओभर २ बलमा ८ विकेट गुमाएर भेट्टायो । श्रीलंकाका कुशल मेन्डीसले ६० रनको अर्धशतकीय पारी खेले । कप्तान डसुन सनकाले ४५ तथा पाथुम निशन्काले २० रन जोडे ।

बंगलादेशका एबाडोट होसेनले ३ तथा ताक्सिन अहमेदले २ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८३ रन जोडेको थियो । बंगलादेशका आफिफ होसेनले ३९ रन तथा मेहदी हसनले ३८ रन जोडे ।

श्रीलंकाका वानिन्दु हसरंगा र चामिका करुनारत्नेले २/२ विकेट लिए । समूह ‘ए’ बाट भारत सुपर चारमा पुगेको छ । आज पाकिस्तान र हङकङबीच खेल हुनेछ । सुपर चारका खेलपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् ।


 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया