साफ च्याम्पियनशिप खेल्न काठमाण्डौ आइपुग्यो भारत र बङ्ग्लादेशको टोली

 भदौ १८, २०७९ शनिबार १८:०:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – महिला साफ च्याम्पियनशिप फुटबल खेल्न भारत र बङ्ग्लादेशको टोली काठमाण्डौ आइपुगेको छ ।

दुवै देशको महिला फुटबल टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का सदस्यले स्वागत गरेका छन् । महिला साफ च्याम्पियनशिप आउँदो मङ्गलवारदेखि दशरथ रङ्गशाला काठमाण्डौमा सुरु हुँदैछ ।

नेपाल, भुटान र श्रीलङ्का समूह 'बी' मा रहेका छन् । भारत, पाकिस्तान, माल्दिभ्स र बङ्ग्लादेश समूह 'ए' मा रहेका छन् ।

नेपालले आउँदाे मङ्गलवार बेलुका साढे ५ बजे भुटानसँग उद्घाटन खेल खेल्नेछ । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया