रवि लामिछानेको तस्वीर सार्वजनिक गर्नेलाई तत्काल कारबाही गर्न ग...
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै - आज कागे अष्टमी पर्व मनाइँदैछ । हरेक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमीमा कागेश्वरी महादेव मन्दिरमा पूजा गरिन्छ ।
कागेश्वरी मन्दिरमा हरियो मकै चढाएमा बारीमा लगाएको मकै कागले नखाने धार्मिक विश्वास समेत छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण काठमाण्डौको कागेश्वरी महादेव मन्दिरमा लाग्ने मेलामा देश–विदेशबाट भक्तजनको भिड लाग्छ ।
श्रावण शुक्ल पूर्णिमा र गङ्गा दशहरा पर्वका अवसरमा रसुवाको प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्डमा पुगेका भक्तजनले त्यहाँबाट ल्याएको जल आज कागेश्वरीमा चढाउनुपर्छ । गोसाइँकुण्ड पुग्नेले कागेश्वरीमा जल नचढाए धार्मिक यात्रा पूरा नहुने जनविश्वास रहेको छ ।
कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर–१ मा पर्ने मन्दिर क्षेत्रमा आउनेलाई सहज सुविधा दिन लागिएको छ । मन्दिर जानेलाई यातायात सहज बनाउन नगरभित्र निःशुल्क बसको व्यवस्था गरिएको छ। भक्तजनलाई बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म २० वटा गाडीले निःशुल्क दोहोरो सेवा दिने कागेश्वरी मनोहरा नगरपालिकाका उपमेयर शान्ता थापाले बताउनुभयो ।
नगरपालिकाको मूलपानी, गोठाटार सनसिटी, डाँछीलगायतका ठाउँबाट गाडी छुट्नेछ । गाडीमा ब्यानर नै राखेर सञ्चालन गरिने भएकाले निःशुल्क गाडीको पहिचान गर्न गाह्रो नहुने उपमेयर थापाको भनाइ छ । कागेश्वरी मनोहरा नगरपालिका वडानम्बर १ गागलफेदीमा रहेको कागेश्वरी महादेव मन्दिरसम्म पुग्नका लागि दुई वटा गाडी चढ्नु पर्ने भएकाले ‘कागेअष्टमी मेला’ मा सहभागीको सुविधाका लागि निःशुल्क गाडीको व्यवस्था गरिएको हो ।
मन्दिर परिसरमा २ सय २७ किलोको अष्टधातुबाट बनेको कागको मूर्ति विशेष आकर्षणका रूपमा रहेको छ । यो नेपालकै ठूलो कागको मूर्ति हो । यसै मन्दिरको नाम जोडेर कागेश्वरी मनोहरा नगरपालिकाको नामकरण भएको छ ।
नगरपालिकाले भाद्र शुक्ल अष्टमीका दिन नगरपालिकाभर सार्वजनिक बिदा दिँदै आएको छ । कागेश्वरीमा लाग्ने मेला भर्न काठमाण्डौ उपत्यकाका तीन जिल्लाका साथै नजिकका नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रसुवा, दोलखा, रामेछाप, सिन्धुलीलगायत जिल्लाका मानिसको बढी भिड लाग्ने गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।