चार वटा पालिकामा विपद् व्यवस्थापन कोषबाट रकम निकासा गर्न स्वीकृति

 भदौ १९, २०७९ आइतबार ८:३६:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले चार वटा पालिकामा बाढी/पहिरोलगायत विपद् आपत्कालीन संरक्षण कार्य गर्न विपद् व्यवस्थापन कोषबाट रकम निकासाका लागि स्वीकृति दिएको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १५औँ बैठकले यसै वर्ष र गएको वर्षमा बाढी/पहिरोले ठूलो क्षति गरेका चारवटा पालिकामा आपत्कालीन संरक्षण कार्य गर्न विपद् व्यवस्थापन कोषबाट रकम निकासा गर्न स्वीकृति दिएको हो ।

बैठकले उदयपुरको बेलका नगरपालिका, प्युठानको प्युठान नगरपालिका, गोरखाको पालुङटार नगरपालिका र डडेलधुराको गन्यापधुरा नगरपालिकालाई ३ करोड १४ लाख ६८ हजार रुपैयाँ उपलब्ध गराउन अनुमति दिएको हो ।

साथै उदयपुर, सप्तरी र सुनसरीका बाढी प्रभावित १६ वटा वडालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा समेत गरिएको छ । सप्तकोसी नदीमा गएको साउन १७ गते आएको बाढीबाट प्रभावित तीन जिल्लाका १६ वटा वडालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको हो ।

तीन जिल्लाका ४ वटा नगरपालिकाका १६ वटा वडालाई आउँदो पुस मसान्तसम्मका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ । उदयपुरको बेलका नगरपालिकाका १, २, ३, ८ र ९ वडा, सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ६ र ९ तथा सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर ६, ७ र ९ तथा कञ्चनरुप नगरपालिकाका १, २, ४, ५, ६ र १० नम्बर वडालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको गृह मन्त्रालयले जनाएको छ ।

उदयपुर र सप्तरी सीमा क्षेत्र नजिकैको डुम्रिबोटबाट सप्तकोसी नदीको पश्चिमतर्फको तटबन्ध भत्काएर बाढी मानव बस्तीमा पसेको थियो । बाढीबाट सयौँ घर डुबानमा परेका थिए।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया