मुस्ताङ उडेको समिट एअरको जहाज पोखरामा आपत्कालीन अवतरण

 भदौ १९, २०७९ आइतबार ११:१४:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पोखराबाट मुस्ताङ उडेको समिट एअरको जहाजलाई आपत्कालीन अवतरण गराइएको छ ।

नाइन एनएकेएच कल साइनको जहाज बिहान ७ बजेर ५९ मिनेटमा मुस्ताङका लागि उडेको थियो । तर जहाज उडेको ७ मिनेटमा नै  इन्डिकेटरमा समस्या आएको जानकारी पाइलटले गराएपछि पोखरा विमानस्थलमा आपत्कालीन अवतरण गरिएको विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार जहाजमा १८ जना यात्रु रहेका थिए । पोखराबाट मुस्ताङ उड्ने अर्को जहाज नभएकाले यात्रुहरु रोकिएका छन् ।  प्राविधिक जाँच पछि मात्रै जहाज उडाइने विमानस्थल कार्यालयले जनाएको छ ।


 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया