सप्तरीमा अर्नाको आक्रमणबाट एक जनाको ज्यान गयो
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् सांसद राजेन्द्रप्रसाद लिङ्देनले सांसद पद त्यागेको घोषणा गर्नुभएको छ ।
आइतवारकाे प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद लिङ्देनले प्रतिनिधि सभाको यस कार्यकालमा सांसदको रूपमा संसदमा उपस्थित नहुने घोषणा गर्नुभएको हो । उहाँले आफूले पाउने तलब, भत्ता तथा सुविधाको समेत रोक्का गर्न संसद् सचिवालयलाई आग्रह गर्नुभयो । उहाँले संसद्को आयु मङ्सिर ४ गतेको चुनावपछि पनि कायम राख्ने गरी प्रक्रिया अघि बढेपछि त्यसप्रति असन्तुष्ट हुँदै सांसद पद त्याग गर्ने निर्णय लिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘व्यक्तिगतरूपमा म चाहिँ अब संसदमा आउँदिन । पार्टीको अध्यक्ष पनि छु । सानो पार्टीको अध्यक्ष हुनुको नाताले आउँदाे चुनावमा संसदमा प्रभावकारी आफ्नो उपस्थिति बनाउनका लागि जनताको बीचमै जानका लागि बेसी समय खर्च गर्नुपर्छ । त्यस कारणले भत्ता पकाउनका लागि मात्रै संसद् आउन छोडेको पनि थिएँ । संसद्को आयु मङ्सिर ४ गतेपछि पनि कायम राख्ने भन्ने ढङ्गको निर्णय गर्ने प्रक्रिया सुरु भएकाे हुँदा त्यसले मलाई असाध्यै लज्जित र दुखित तुल्यायो । संसद् पद त्यागेकाे यहीँबाट घोषणा गर्न चाहन्छु ’
सांसद् लिङ्देनले आउँदाे चुनावपछि एक्लो सांसदको रूपमा मात्र नभए बलियो पार्टीको रूपमा संसदमा उपस्थित हुने र संसदबाट गलत निर्णय गर्न नदिने सङ्कल्पका साथ नागरिकमाझ जाने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।