पीएम कप महिला क्रिकेट : 'सुपर–फाेर' मा आर्मीले सुदूरपश्चिमला...
माघ १०, २०८१ बिहिबार
काठमाण्डाै – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सुशासन दिन नसके नेपाल पनि श्रीलङ्का सरह हुने दाबी गर्नुभएको छ ।
आइतवार नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ नेता पाैडेलले यस्तो बताउनुभएको हो । उहाँले देशको अर्थतन्त्र कसरी अघि बढाउने, सुशासन कसरी कायम गर्ने भन्नेबारेमा स्थायी सरकारको विशेष भूमिका रहने उल्लेख गर्नुभयो । देशमा सुशासन कायम गर्न नसके देशलाई आर्थिक रूपमा बलियो बनाउन नसक्ने उहाँकाे भनाइ छ ।
उहाँले संविधानलाई कार्यान्वयनमा ल्याउनुको विकल्प नरहेको पनि स्पष्ट पार्नुभयो । उहाँले व्यवस्थालाई पटकपटक बदलेर नेपाललाई प्रयोगको थलो बनाउन नसकिने भन्दै देशमा स्थिरता कायम गर्नुपर्ने बताउनु भयो । संविधानलाई कार्यान्वयनमा ल्याउँदा सबै वर्गको हीतको सुरक्षा हुने गरेर ल्याउनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘आज सवाल राष्ट्रको छ । सवाल राष्ट्रमा राजनीतिक स्थिरताको छ । देशमा सुशासनको सवाल छ, यो देश रहने/नरहने, यो देशको अर्थतन्त्र कसरी धानिएर अघि बढ्नेमा स्थायी सरकारको ठूलो जिम्मेवारी हुन्छ । सुशासन दिन हामी सक्षम भएनौँ भने हामीले श्रीलङ्काको हालत भर्खर देखेका छौँ । लाेकप्रिय कुराले मात्रै देश चल्न सक्दैन । देश चलाउन धेरै सुझबुझको आवश्यक पर्छ ।’
नेता पौडेलले निजामती सेवा ऐन चाँडै संसदमा पेस हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सङ्घीयतालाई स्वीकारेपछि सङ्घीयतासँग मेल खाने गरेर सङ्गठन र संस्थाहरू सञ्चालित हुनुपर्ने बताउनुभयो । उहाँले कर्मचारीको अधिकार, तहगत सुरक्षालाई ध्यानमा राखेर सरकारले चाँडै नै ऐनलाई संसदमा पेस गर्नुपर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।