पीएम कप महिला क्रिकेट : 'सुपर–फाेर' मा आर्मीले सुदूरपश्चिमला...
माघ १०, २०८१ बिहिबार
काठमाण्डाै – नेकपा एमालेका नेता घनश्याम भुसालले आउँदाे प्रदेश सभा र प्रतिनिधि सभा चुनावअघि नै वाममोर्चा बनाउन नसक्नु देशका लागि ठूलो दुर्भाग्य भएको टिप्पणी गर्नुभएको छ । कम्युनिस्टहरू मोर्चाबन्दी गरेर अघि नबढ्ने हो भने आउँदाे तीन/चार वर्षभित्रै देशमा ठूलो राजनीतिक उथलपुथल हुने र त्यसबाट कम्युनिस्टहरूले ठूलो मूल्य चुकाउनुपर्ने उहाँको चेतावनीसमेत थियो ।
आइतवार काठमाण्डाैमा आयोजित 'समाजवादको नेपाली मार्गचित्र' विषयक विचार गोष्ठीमा बोल्दै नेता भुसालले अहिले देखा परेको राजनीतिप्रतिको वितृष्णा, सत्ताप्रतिको वितृष्णा र दलहरूभित्रै रहेको उकुसमुकुसलाई नजरअन्दाज नगर्न पनि राजनीतिक नेतृत्वलाई सचेत गराउनुभयो । देशलाई राजनीतिक सङ्कटबाट रोक्ने हो भने वामपन्थीहरूबीच एकता गरेर अघि बढ्नुपर्ने उहाँले दोहोर्याउनुभयो ।
उहाँले भन्नुभयाे, ‘राजनीतिप्रति वितृष्णा, सत्ताका प्रति वितृष्णा । राज्यप्रतिको घृणा सुरु भएकाे छ, यो चानेचुने कुरा छैन । राजनीतिक पार्टीहरूभित्र रहेकाे उकुसमुकुसलाई कसैले नजरअन्दाज नगरौँ । म आउँदाे तीन/चार वर्षभित्रमा एउटा ठूलो उथलपुथल देख्छु । त्यसले कम्तीमा आजको राजनीतिको नीतिहीनता, विचारहीनता, मनपरीतन्त्र कम्तीमा यति चाहिँ लैजान्छ । तर राजनीतिले त्योभन्दा धेरै कुरा हामीबाट लिन्छ । आज बाँचेका, हामी राजनीति गरेका, सत्तामा रहेकाहरूले यसको जवाफ दिनुपर्ने हुनेछ । हामीसँग राजनीतिले ठूलो मूल्य लिँदैछ । यो चुनावभन्दा अगाडि नै हामीले वाममोर्चा बनाउन सक्नुपर्थ्याे । बनाउन नसक्नु दुर्भाग्य हो ।’
नेता भुसालले तत्कालीन नेकपालाई फुटाएर प्रचण्डलगायतका नेताहरुले दुनियाँ सामु नेपालको बेइज्जत गरेको जिकिरसमेत गर्नुभयो । उहाँले मञ्चमा रहनुभएका प्रचण्डलाई क्रमभङ्ग गरेर भए पनि कम्युनिस्टहरूबीच एकता गर्न ढिलाइ नगर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयाे, ‘कमरेड प्रचण्ड र अरू नेताहरूले त्यो एकता नभत्काएको भए, संसद् विघटन गरेर यो दुनियाँका अगाडि बेइज्जत नगरेको भए यस्ता सङ्कट थाम्ने नेपाली राजनीति बनेको थियो ।’
नेता भुसालले संसद् विघटन गरेर सुरु भएको नेपालको राजनीतिक सङ्कट नेताहरू नमिल्ने हो भने झन् गहिरिएर जानेसमेत बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।