पीएम कप महिला क्रिकेट : 'सुपर–फाेर' मा आर्मीले सुदूरपश्चिमला...
माघ १०, २०८१ बिहिबार
काठमाण्डाै – भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डे पाँच दिने औपचारिक भ्रमणका क्रममा आज आइतवार नेपाल आउनुभएकाे छ । उहाँ भारतीय सेनाकाे विमानमार्फत दिउँसाे ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाण्डाैमा ओर्लिनुभएकाे हाे ।
नेपाली सेनाको ‘मानार्थ महारथी’ सम्मान ग्रहण गर्न उहाँ पाँच सदस्यीय सैन्य प्रतिनिधिमण्डलसहित नेपाल आउनुभएकाे हो । उहाँ नियमित कार्यक्रमअनुसार नेपाल आउन लाग्नुभएकाे नेपाली सेनाले जनाएको छ ।
नेपाल र भारत दुवै दशेका सेना प्रमुख एक अर्को देशको मानार्थ महारथी रहने परम्पराअनुसार पाण्डे सेनाध्यक्ष भएपछि नेपाल आउनुभएकाे हो ।
नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले पनि यसअघि नै नयाँ दिल्ली पुगेर मानार्थ महारथीको सम्मान ग्रहण गर्नुभएको थियो । मानार्थ महारथी सम्मान राष्ट्रपतिले प्रदान गर्ने चलन छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।