पीएम कप महिला क्रिकेट : 'सुपर–फाेर' मा आर्मीले सुदूरपश्चिमला...
माघ १०, २०८१ बिहिबार
काठमाण्डौ - काठमाण्डौको असन, इन्द्रचोक र भेडासिंमा रहेका मन्दिर र त्यस आसपास क्षेत्रमा नियम विपरीत खुलेका पसल हटाउन महानगरपालिकाले २४ घण्टे निर्देशन दिएको छ ।
काठमाण्डौ महानगरपालिका वडा नम्बर २५ का वडा अध्यक्ष राजेश डङ्गोलका अनुसार यी क्षेत्रमा अवैधरुपमा राखिएका पसल हटाउन यसअघि पनि पटकपटक आग्रह गरे पनि व्यापारीले अटेर गरेका थिए। हिजो फेरि २४ घण्टे अल्टिमेटम दिइएको हो ।
निर्देशन अनुसार यस्ता पसलहरु नहटाएमा भोलि नै वडा कार्यालय, नगर प्रहरी र नेपाल प्रहरीको सहयोगमा हटाइने उहाँले बताउनुभयो । सम्पदा क्षेत्रमा रहेका नियम विपरीत खोलिएका पसलका कारण महानगरको सौन्दर्य बिग्रेको, पर्यटकमा नराम्रो छाप परेको भन्दै पसल हटाउन लागिएको हो ।
काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहको नेतृत्वमा अहिले अवैध संरचना धमाधम हटाउन थालिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।