जाँड–रक्सी खाएर मोटरसाइकल चलाउने १ जनासहित ५१ जना विद्यार्थी कारबाहीमा

 भदौ २०, २०७९ सोमबार १३:५५:१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : ट्राफिक प्रहरी नेपाल

काठमाण्डाै – आज साेमवार बिहान ट्राफिक प्रहरीले गरेको जाँचका क्रममा जाँड–रक्सी खाएर मोटरसाइकल चलाउने एक जनासहित ५१ जना विद्यार्थी कारबाहीमा परेका छन् ।

स्कुल, कलेजका विद्यार्थी सुरक्षा लक्षित जाँचका क्रममा 'प्लस टु' पढ्दै गरेका २१ वर्षका एक जना विद्यार्थीले जाँड–रक्सी खाएर मोटरसाइकल चलाएको पाइएकोले कारबाही गरेको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।

यस्तै चालक अनुमति पत्र प्राप्त नगरि मोटरसाइकल चलाउने २८ जना, कागजपत्र साथमा नभएका २१ जना र मोटरसाइकलमा तीन जना सवार एक जना चालक कारबाहीमा परेका छन् ।

गएकाे साउन ३० गतेदेखि सुरु भएको स्कुल, कलेजका विद्यार्थी सुरक्षा लक्षित जाँच अभियानमा अहिलेसम्म एक हजार ८२ जना विद्यार्थी चालकलाई ट्राफिक प्रहरीले विभिन्न कसुरमा कारबाही गरिसकेको छ । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया