बुधवार मकवानपुरसहित ३ जिल्लामा सार्वजनिक बिदा

 भदौ २०, २०७९ सोमबार १८:५२:१० | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानपुर – बाग्मती प्रदेश सरकारले आउँदाे बुधवार मकवानपुरसहित तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

चेपाङ समुदायको न्वागी (छोनाम) को अवसरमा प्रदेश सरकारले भदौ २२ गते बुधवार चितवन, मकवानपुर र धादिङ जिल्लाभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोमवार सूचना प्रकाशित गरी याे जानकारी गराएको हो ।

‘बाग्मती प्रदेश सरकार, मन्त्रिपरिषद्को मिति २०७८/१२/०९ को निर्णयअनुसार चेपाङ समुदायले मनाउने न्वागी (छोनाम) पर्वको उपलक्ष्यमा भदौ २२ गते बुधवारको दिन प्रदेशका चितवन, मकवानपुर र धादिङ जिल्लाभर सार्वजनिक बिदा दिने निर्णय भएकाले सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’. मन्त्रालयका प्रवक्ता अनुशील सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया