केन्यासँगकाे एकदिवसीय शृङ्खलामा नेपालकाे 'क्लिन स्वीप'

 भदौ २०, २०७९ सोमबार १९:३०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – केन्यासँगकाे एकदिवसीय अभ्यास खेलकाे शृङ्खला नेपालले 'क्लिन स्वीप' गरेकाे छ । आज भएकाे तेस्राे तथा अन्तिम खेलमा केन्यालाई ६ विकेटले हराउँदै नेपालले एकदिवसीय शृङ्खला जितेकाे हाे । 

केन्याले दिएकाे दुई सय ५६ रनकाे लक्ष्य नेपालले ४७ ओभर १ बलमा चार विकेट गुमाएर भेटायाे । नेपालका लागि अर्जुन साउदले ५८, आसिफ शेखले ५६, बसिर अहमदले ५२, राेहित पाैडेलले ४६ र ज्ञानेन्द्र मल्लले ३३ रन बनाए । बलिङतर्फ केन्याका भिराज पटेलले दुई तथा शेम एनगोचे र याश तालातीले एक/एक विकेट लिए ।

यसअघि नैराेबीमा टस जितेर पहिले ब्याटिङ गरेकाे केन्याले निर्धारित ५० ओभरमा नाै विकेट गुमाएर दुई सय ५५ रन बनायाे । केन्याका लागि कोलिन्स अबुयाले ८४, लुकास एनडानडासनले नटआउट ५९, सुखदिप सिंहले ३७ र इमानुएल बुन्डीले २३ रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामी र आदिल अन्सारीले दुई/दुई विकेट लिए । यस्तै वसिर अहमद र शाहब आलमले एक/एक विकेट लिए ।

पहिलो एकदिवसीयमा नेपालले केन्यालाई सात विकेटले हराउँदा दोस्रो एकदिवसीयमा १७ रनले विजयी भएको थियो । यसअघि भएकाे पाँच खेलकाे टी–२० अन्तर्राष्ट्रिय शृङ्खला पनि नेपालले तीन–दुईले जितेकाे थियाे । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया