सुकुम्वासीलाई भूमिपति बनाउन पाउँदा धेरै खुसी मिलेको छ : मेयर दाहाल

 भदौ २०, २०७९ सोमबार २०:४४:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

चितवन – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले सुकुम्वासीलाई भूमिपति बनाउन पाउँदा धेरै खुसीको अनुभूति मिलेको बताउनुभएको छ ।

भरतपुर–२ मा रहेकाे देवकोटा चोकमा नेपाल बसोबास बस्ती संरक्षण समाज चितवनले आयोजना गरेको लालपुर्जा प्राप्तिपछि शुभकामना तथा बधाई कार्यक्रममा मेयर दाहालले लालपुर्जा वितरणको काममा अभिभावक बन्न पाउँदा धेरै खुसी मिलेको उल्लेख गर्नुभयो । ‘लालपुर्जा पाउँदा तपाईँहरू जति खुसी हुनुहुन्छ, त्योभन्दा बढी म खुसी छु’, उहाँले भन्नुभयो, ‘हामीले जे बोल्यौँ, त्यही गर्‍याैँ । अब भरतपुरका सबै सुकुम्वासीले लालपुर्जा पाउनुहुन्छ ।’

मेयर दाहालले विगतमा लालपुर्जा दिने आश्वासन दिने तर काम नगर्ने परिपाटीले गर्दा सुकुम्वासीलाई लामो समयसम्म काम हुने कि होइन भन्ने ठूलो चिन्ता भए पनि तर अहिले सबै भ्रम हटेर गएको बताउनुभयो ।
पालिका चुनावअघि नाटक गर्न निस्सा वितरणको नाटक मञ्चन गर्न आएका हुन् भनी विरोधीहरूले भ्रम सिर्जना गरे पनि लालपुर्जा दिइ बोलेको कुरा पूरा गरेको उहाँको भनाइ थियो ।

भरतपुर–२ बाट महानगरपालिकामा लालपुर्जा वितरण गरी नयाँ इतिहास रच्न सफल भएको उहाँले बताउनुभयो । भरतपुर–११ मा नाप/जाँचको काम सुरु भइसेकेकाले अबको केही समयमा लालपुर्जा वितरण गरिने उहाँले जानकारी दिनुभयो । महानगरपालिकाले अधुरो कामलाई पूरा गरी भरतपुरका २९ वटै वडामा सबै सुकुम्वासीलाई लालपुर्जा वितरण गरिने उल्लेख गर्नुभयो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमल्सिनाले भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको अग्रसरताको कारण लालपुर्जा वितरण गर्न सकिएको बताउनुभयो । यो आयोगले सबै सुकुम्वासीलाई प्रक्रिया पुर्‍याएर भूमिपति बनाएरै छाड्ने गरी आफ्ना कामलाई अगाडि बढाएको उहाँको भनाइ छ । 

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया