नागरिकता विधेयक फेरि राष्ट्रपतिसमक्ष पठाइयाे

 भदौ २०, २०७९ सोमबार २०:४१:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – सभामुख अग्निप्रसाद सापकाेटाले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाउनुभएकाे छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि १५ बुँदे सुझावसहित संसद्‍मा फिर्ता भएको नागरिकता विधेयक सभामुख सापकाेटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउनुभएकाे हाे । 

राष्ट्रपतिले फिर्ता गरेको विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैबाट जस्ताकाे तस्तै पारित भएपछि सभामुख सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाउनुभएकाे हाे । यसअघि राष्ट्रपति भण्डारीले गएकाे साउन २९ गते नागरिकता विधेयक फिर्ता गर्नुभएकाे थियाे । तर त्यसको दुई दिनपछि सत्तारूढ गठबन्धनले नागरिकता विधेयक जस्ताकाे तस्तै पास गर्ने निर्णय गरेकाे थियाे । 

त्यसपछि भदाै २ गते औपचारिकता पुर्‍याउन छलफल गरेर प्रतिनिधि सभाले विधेयक पास गरेकाे थियाे । त्यसपछि राष्ट्रिय सभामा पुगेकाे विधेयक सभाले विधायन समितिमा पठाएकाे थियाे । त्यहाँ पनि विधेयक संशाेधन भएन । 

अब सङ्घीय संसद्‍बाट दोस्रो पटक पारित भएर आएको विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्था छ । 

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया