एसिया कप क्रिकेट सुपर चारमा आज भारत र श्रीलङ्का खेल्दै

 भदौ २१, २०७९ मंगलबार ११:२२:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एसिया कप क्रिकेट सुपर चारमा आज भारत र श्रीलङ्का खेल्दैछन् । खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बेलुका पौने आठ बजे सुरु हुनेछ ।

सुपर चार अन्तर्गत आफ्नो पहिलो खेलमा भारत पाकिस्तानसँग पराजित भएको थियो भने श्रीलङ्काले अफगानिस्तानलाई हराएको थियो । प्रतियोगितामा सहभागी ६ देशमध्ये भारत, पाकिस्तान, अफगानिस्तान र श्रीलङ्का सुपर चारमा पुगेका हुन् । सुपर चारमा चारै टोलीले एकअर्कासँग खेल्नेछन् ।

भोलि पाकिस्तान र अफगानिस्तान, बिहीवार भारत र अफगानिस्तान तथा शुक्रवार श्रीलङ्का र पाकिस्तानबीच खेल हुनेछ । शीर्ष दुई टोलीबीच उपाधिका लागि आइतवार प्रतिस्पर्धा हुनेछ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया