सिट बाँडफाँटमा कांग्रेस ८० र माओवादी ६० को वरिपरि सहमत हुने प्रचण्डको दाबी

 भदौ २१, २०७९ मंगलबार ११:५४:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा सिट बाँडफाँटको विषय अन्तिम टुङ्गोमा पुगेको दाबी गर्नुभएको छ । आज कैलालीको धनगढी पुग्नुभएका प्रचण्डले पत्रकारसँगको कुराकानीमा कांग्रेस ८० र माओवादी ६० को वरिपरि सहमत हुने समेत बताउनुभयो ।

उहाँले भन्नुभयो,‘कांग्रेसकाे दाबी सय सिटमा भए पनि ८० वरपर र माओवादी ६० वरपर हुने गरी मिलाउने प्रयास भइरहेको छ, केही तलमाथि हुनसक्छ ।’ एकीकृत समाजवादीले २५ र जसपाले २५ दाबी गरेको आधारमा सबै पार्टीका प्रतिनिधि बसेर प्रतिनिधि सभा क्षेत्र र प्रदेश सभा क्षेत्रसम्म एकसाथ टुङ्गोमा पुग्ने उहाँको भनाइ छ ।

सिट बाँडफाँटको अन्तिम टुङ्गो शीर्ष तहमा बसेर लगाउने पनि उहाँले जानकारी दिनुभयो । यसैबीच प्रचण्डले प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल लम्ब्याउनेबारेमा सरकार र गठबन्धनले त्यसलाई अगाडि नबढाउने निर्णय भएको बताउनुभएको छ । उहाँले यो प्रस्ताव आजै फिर्ता हुने समेत जानकारी दिनुभयो ।

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया