पीएम कप महिला क्रिकेट : 'सुपर–फाेर' मा आर्मीले सुदूरपश्चिमला...
माघ १०, २०८१ बिहिबार
काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल नलम्ब्याउन सरकारलाई सचेत गराएकाे छ ।
नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले मङ्गलवार प्रतिनिधि सभा बैठकमा सरकारले प्रस्तुत गरेको केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ माथिको दफावार छलफलमा भाग लिँदै प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल लम्ब्याउने प्रयास नगर्न सरकारलाई सचेत गराउनुभएको हो । उहाँले त्यस ढङ्गले प्रतिनिधि सभाभित्र दुई खाले सांसद हुने अवस्था आउने गरी त्याे विधेयक अघि बढाए आफ्नो पार्टीलाई मान्य नहुने अडान पनि राख्नुभयो । प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरूको मनोनयन हुने दिन प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल सकिने भएकाले त्यही व्यवस्थामात्रै आफ्नो पार्टीलाई मान्य हुने उहाँको भनाइ थियो ।
प्रमुख सचेतक भट्टराईले एमालेसँग परामर्श गरेरै प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल बढाउने गरी विधेयक ल्याएको भनेर कानुनमन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले भनेकोमा आपत्ति जनाउनुभयो । एमालेले त्यसका लागि सरकारलाई कुनै पनि सहमति नदिएको उहाँको दाबी थियो । प्रमुख सचेतक भट्टराईले भन्नुभयो, ‘उम्मेदवारीकाे अघिल्लो दिन प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल समाप्त हुनैपर्छ । दुई दिन भए पनि लम्ब्याएर अरू कुनै हर्कत गर्न तपाईँहरूले चाहनुभएको छ भने नेकपा एमाले त्यसको विपक्षमा छ । हामी अनिवार्यरूपमा त्यसलाई रोक्न चाहन्छौँ ।’
प्रमुख सचेतक भट्टराईले सरकारको १४ महिने कार्यकालले आम नागरिकलाई लज्जाबोध गराएको समेत पटक–पटक दोहोर्याउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।