पीएम कप महिला क्रिकेट : 'सुपर–फाेर' मा आर्मीले सुदूरपश्चिमला...
माघ १०, २०८१ बिहिबार
काठमाण्डाै – नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले आफ्नाे पार्टीभित्र उम्मेदवार सिफारिसमा कुनै विवाद नरहेको दाबी गर्नुभएको छ ।
मङ्गलवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष पाण्डेले कुनै पनि ठाउँमा विवाद भएको सूचना नपाएको बताउनुभयो । उहाँले एमालेमा विगतमा मतदान गरेर उम्मेदवार सिफारिस हुने भए पनि यो पटक तीन जनाभन्दा बढीले इच्छा व्यक्त गरे पनि सिफारिस भइरहेको बताउनुभयो । तीन जनाभन्दा बढी नाम सिफारिस भएर आए पनि सबैभन्दा बढी सम्भावित उम्मेदवार भनेर प्रदेश कमिटीको सिफारिसको आधारमा सचिवालयले छनोट गर्ने बताउनुभयो ।
उपाध्यक्ष पाण्डेले राष्ट्रिय सभाका सदस्यलाई टिकट नदिने निर्णय गरेकाले कुनै विशेष अवस्थामा मात्रै अर्काे निर्णय हुनसक्ने बताउनुभयो ।
उहाँले देशभर शीर्ष नेताहरूको मात्रै एकल नाम सिफारिस नभएको दाबी गर्नुभयो । उहाँले जिल्लाबाट सिफारिस हुँदैमा टिकट पाउने पक्का भयाे भनेर नसाेच्न पनि आग्रह गर्नुभयाे । पाण्डेले पार्टीको सचिवालयले फाइनल गरेपछि मात्रै उम्मेदवार टुङ्गो लाग्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।