साफ महिला च्याम्पियनशिप : नेपालले भुटानलाई ४–० ले हरायाे

 भदौ २१, २०७९ मंगलबार १९:२१:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – साफ महिला च्याम्पियनशिप फुटबलमा नेपालले सुखद सुरुवात गरेकाे छ । आज मङ्गलवार दशरथ रङ्गशालामा भएकाे उद्घाटन खेलमा भुटानलाई चार–शून्यले हराउँदै नेपालले प्रतियाेगितामा सुखद सुरुवात गरेकाे हाे । 

नेपालका लागि सावित्रा भण्डारी र अनिता बस्नेतले दुई–दुई गाेल गरे । सावित्राले खेलकाे १२ औँ र ६८ औँ मिनेटमा गाेल गरिन् भने अनिताले खेलकाे ५३ औँ र ८५ औँ मिनेटमा गाेल गरिन् । 

याे जितसँगै समूह 'ए' रहेकाे नेपालले तीन अङ्क जोडेको छ । नेपालले अब भदौ २७ गते साेमवार श्रीलङ्कासँग खेल्नेछ । 

प्रतियोगितामा भाेलि समूह 'बी' काे दुई वटा खेल हुनेछ । पहिलो खेलमा दिउँसाे १ बजे भारत र पाकिस्तान खेल्दा दोस्रो खेलमा बेलुकी साढे ५ बजे बङ्गलादेश र माल्दिभ्सले खेल्नेछन् । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Laxman Thapa

    Sept. 6, 2022, 7:50 p.m.

    हार्दिक बधाई तथा शुभकामना सम्पूर्ण नेपाली महिला टिमलाई

  •  0 Reply

तपाईको प्रतिक्रिया