झापामा नचिनेका मान्छेको गोली प्रहारबाट विद्यार्थी घाइते

 वैशाख २१, २०८१ शुक्रबार १७:५९:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – झापाको दमकमा नचिनेका मान्छेको गोली प्रहारबाट उदयपुर घर भई दमकमा बस्दै आएकी १८ वर्षीया विद्यार्थी एनिका अधिकारी घाइते हुनुभएको छ ।

स्थानीय हिमालय माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट कक्षा १२ को परीक्षा दिएर घर फर्किँदै गर्दा अधिकारीमाथि मोटरसाइकलमा आएका व्यक्तिले गोली हानेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

गोली हानेर भागेका ती व्यक्तिको पहिचान खुलेको छैन । घाइते अधिकारीको दमकमा रहेको लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ । घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।   
 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया