च्याम्पियन्स लिग : चेल्सी पहिलो खेलमै पराजित, सिटी र रियल मड्रिड विजयी

 भदौ २२, २०७९ बुधबार ७:१:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

युराेपेली च्याम्पियन्स लिग फुटबलमा समूह चरणको पहिलो खेलमा इंग्लिस क्लब चेल्सी पराजित भएको छ । चेल्सी क्रोएसियाको डाइनामो जाग्रेबसँग १–० गोलले पराजित भयो । घरेलु मैदानमा जाग्रेबको जितमा मिस्लाभ ओर्सिचले खेलको १३ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो । यस जितसँगै समूह ‘ई’ को जाग्रेबले पहिलो खेलमा ३ अंक जोडेको छ ।

अरु खेलमा जर्मनीको बोरुसिया डर्टमन्डले डेनमार्कको कोपनहेगनलाई ३–० ले, पोर्चुगलको बेन्फिकाले इजरायलको मक्काबी हाइफालाई २–० गोलले, इंलिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस क्लब सेभिल्लालाई ४–० गोलले हराएको छ । इटलीको एसी मिलान र अष्ट्रेलियाको आरबी साल्जबर्गले एक÷एक गोलको बराबरी खेलेका छन् । स्कटल्याण्डको सेल्टिकलाई स्पेनको रियल मड्रिडले ३–० गोलले हराएको छ । युक्रेनको सख्तर डोनेस्कले जर्मनीको आरबी लाइपजिगलाई ४–१ गोलले तथा फ्रान्सको पेरिस सेन्ट जर्मेइन पीएसजीले इट्लीको युभेन्ट्सलाई २–१ गोलले हराएको छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया