पीएम कप महिला क्रिकेट : 'सुपर–फाेर' मा आर्मीले सुदूरपश्चिमला...
माघ १०, २०८१ बिहिबार
काठमाण्डाै – सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि गठन गरेको कार्यदलको बैठक आज पनि बस्दै छ । सिट बाँडफाँटको विषय टुंगाउन लगातार छलफल र बैठक हुँदै आए पनि सहमति हुन सकेको छैन ।
सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूहरूबीच सहमति भइसकेको र त्यसलाई लिपिबद्ध गर्न मात्र बाँकी रहेकोले आज बस्ने कार्यदलको बैठकले प्रतिवेदन नै तयार पार्ने दाबी गर्नु भएको छ । सिट बाँडफाँटका विषयमा सहमति गर्न भन्दै गएको साउन २० गते कांग्रेस नेता कृष्ण सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन भएको थियो ।
तर, एक महिनाको अवधिमा पनि दलले लिने सिट संख्याको टुंगो लाग्न सकेको छैन । यसबीचमा कार्यदल र शीर्ष तहमा १६ पटकसम्म बैठक बसेका थिए । सिट संख्याभन्दा बढी दाबी गरेका दलहरूले लचकता नदेखाउँदा सहमति हुन सकेको छैन । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि समानुपातिकतर्फको बन्दसूची पेस गर्न ११ दिन मात्र बाँकी छँदा पनि गठबन्धनले सिट बाँडफाँटको टुंगो लगाउन सकेको छैन । यसले गर्दा शीर्ष नेतामाथि दबाव परेको छ ।
निर्वाचन आयोगको कार्यतालिकाअनुसार असोज २ र ३ गते समानुपातिकतर्फको बन्दसूची पेस गर्ने समय छ । त्यस्तै, असोज २३ देखि २६ गतेसम्ममा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको कार्यतालिका छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।