सन्दीप लामिछानेविरुद्ध बलात्कारको उजुरी परेपछि सुक्ष्म अनुसन्धान भैरहेको छ : प्रहरी

 भदौ २२, २०७९ बुधबार ११:८:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सन्दीप लामिछानेविरुद्ध बलात्कारको जाहेरी परेको काठमाण्डौ प्रहरी परिसरले जनाएको छ । आज विज्ञप्ति निकालेर काठमाण्डौ प्रहरीले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध एक नाबालिकाले जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दिए को जानकारी दिएको हो ।

हिजो प्रहरी वृत्त, गौशालामा जाहेरी दर्खास्त परेको प्रहरीले जानकारी दिएको छ । जाहेरी दर्ता भएलगत्तै वान डोर क्राइसिस म्यानेजमेन्ट सेन्टर (ओसीएमसी) मा पीडित किशोरीको विस्तृत स्वास्थ्य परीक्षण गराइएको विज्ञप्तिमा उल्लेख छ । पीडितले दिएको जाहेरीमा गएको भदौ ५ मा काठमाण्डौ र भक्तपुरको विभिन्न ठाउँमा घुमाउन लगेर राति  काठमाण्डौको एक होटलमा पटकपटक बलात्कार गरेको उल्लेख छ ।

विभिन्न विधि र प्रविधिमार्फत जिल्ला प्रहरी परिसर, काठमाण्डौ र प्रहरी वृत्त गौशालाको संयुक्त टोलीले सुक्ष्म अनुसन्धान गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ । लामिछाने अहिले क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन् ।
 

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया