भारतमा डुङ्गा दुर्घटना हुँदा १३ जनाको ज्यान गयो
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावलाई प्रभावित गर्ने गरी सरकारले कर्मचारी सरुवा गर्ने काम गरिरहेको आरोप लगाउँदै तत्काल बन्द गर्न माग गरेको छ ।
बुधवार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले चुनावलाई प्रभावित तुल्याउने गरी सरकारले राजनीतिक आस्थाको आधारमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरू जिल्ला–जिल्लामा खटाउने काम गरिरहेको भन्दै तत्काल त्यो काम नरोकिए आफ्नो पार्टी कडा प्रतिवाद गर्न बाध्य हुने चेतावनीसमेत दिनुभयो । पालिका चुनावमा पनि सत्तारूढ गठबन्धन सरकारले राजनीतिक आस्थाको आधारमा कर्मचारी परिचालन गरी आफ्नो पार्टीका नेता, कार्यकर्तामाथि चरम दमन गरेको जिकिर गर्दै उहाँले आउँदाे चुनावमा पनि त्यसैलाई निरन्तरता दिने तयारी भइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘चुनावकाे मिति तय भएकाे छ । यस्तो बेलामा सरकारले धमाधाम दीर्घकालीन महत्त्वका निर्णयहरू गरेकाे छ । यस्तै जथाभाबी र मनलाग्दी तरिकाले कर्मचारी सरुवा भइरहेको छ । चुनावलाई प्रभावित गर्ने गरी आस्थाका आधारमा आफ्ना मान्छेहरू छानीछानी जिल्ला–जिल्लामा प्रहरी प्रमुख र जिल्ला प्रशासन कार्यालयको प्रमुख अधिकारीको रूपमा पठाउने काम भइरहेको छ । प्रमुख प्रतिपक्ष दल हुनुको नाताले नेकपा एमाले चुनावकाे पूर्वसन्ध्यामा यस्ताे खालको हर्कतहरू गरेन । हामी सरकारकाे याे कामकाे कडारूपमा प्रतिवाद गर्न चाहन्छौँ । सरुवा भएर जानेहरूलाई भन्न चाहन्छौँ– नेकपा एमाले चुप लागेर बस्दैन । आस्थाको आधारमा कुनै पनि खालको अन्याय गर्न थालियो भने वा मतलाई प्रभावित गर्न थालियो भने हामी कुनै पनि हालतमा त्यसलाई प्रतिवाद गर्नेछौँ भन्ने म चेतावनीका साथ भन्न चाहन्छु ।
निर्वाचन आयोगले यही भदौ २० गतेयता कर्मचारी सरुवा, बढुवा गर्ने काम नगर्न सरकारलाई निर्देशन दिइसकेको छ ।
प्रमुख सचेतक भट्टराईले हास्य कलाकार अपूर्वक्षितिज सिंहलाई आफ्नो कला प्रस्तुत गरेबापत १० दिनदेखि हिरासतमा राखेकोमा आपत्ति जनाउँदै तत्काल रिहाइ गर्न पनि सरकारलाई दबाब दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।