केन्यामा टी–२० र एकदिवसीय शृङ्खला जितेको नेपाली टोली काठमाण्डाै आइपुग्याे

 भदौ २२, २०७९ बुधबार १४:५६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – केन्यासँगको टी–२० अन्तर्राष्ट्रिय र एकदिवसीय अभ्यास शृङ्खलामा सहभागी भएर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली आज बुधवार स्वदेश फर्किएको छ । 

पाँच वटा टी–२० र तीन वटा एकदिवसीय शृङ्खला खेलेर नेपाली टोली आज काठमाण्डौ आइपुगेकाे हो । टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का व्यवस्थापक विनोद दास र क्यानका पदाधिकारीले स्वागत गरेका छन् । नेपालले घरेलु टोलीसँगको पाँच खेलको टी–२० शृङ्खला तीन–दुईले र तीन खेलको एकदिवसीय शृङ्खलामा क्लिन स्वीप गरेको थियो । 

भ्रमण सकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा ओर्लिएको नेपाली टोलीका उपकप्तान रोहितकुमार पौडेलले समग्रमा केन्या भ्रमण राम्रो भएको प्रतिक्रिया दिए । एकदिवसीय खेलमा कप्तानको जिम्मेवारी सम्हाmेका रोहितले नयाँ खेलाडीको प्रदर्शन राम्रो भएको र आउँदा दिनमा मध्यम अवस्थामा बलिङ र ब्याटिङमा अझै सुधार गर्नुपर्ने बताए । 

यस्तै पूर्वकप्तान ज्ञानेन्द्र मल्लले केन्यासँगको शृङ्खला नयाँ र युवा खेलाडीका लागि अनुभव सङ्गाल्ने मौका भएको प्रतिक्रिया दिए । नयाँ प्रशिक्षकको योजनाअनुसार टोलीलाई अगाडि बढाउँदा नयाँ खेलाडीसँगै अन्य खेलाडीलाई पनि फाइदा पुग्ने उनको भनाइ छ । 

नेपाल फर्किएका खेलाडी अब नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट खेलका लागि प्रदेशअनुसारको टोलीमा आबद्ध हुनेछन् । नवौँ राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुँदैछ भने पुरुष क्रिकेट भदौ २३ गतेदेखि कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको मैदानमा आयोजना हुँदैछ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया