साफ महिला च्याम्पियनशिपमा भारतले पाकिस्तानलाई हरायो

 भदौ २२, २०७९ बुधबार १५:१७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – साफ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिता अन्तर्गत आज बुधवार भएको पहिलो खेलमा भारतले पाकिस्तानलाई हराएको छ । 

दशरथ रङ्गशालामा भएको खेलमा भारतले पाकिस्तानलाई तीन–शून्य गोलले हरायो । जितसँगै भारतले तीन अङ्क जोडेको छ । आजै बेलुका साढे ५ बजे बङ्गलादेश र माल्दिभ्सको खेल हुनेछ । 

प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । हिजो मङ्गलवारदेखि काठमाण्डौमा सुरु भएको प्रतियोगितामा नेपालले उद्घाटन खेलमा भुटानलाई चार–शून्य गोलले हराउँदै विजयी सुरुवात गरेको हो । 

प्रतियोगितामा नेपालसहित भारत, श्रीलङ्का, भुटान, बङ्ग्लादेश, पाकिस्तान र माल्दिभ्स सहभागी छन् । समूह 'ए' मा नेपाल, श्रीलङ्का र भुटान तथा समूह 'बी' मा भारत, बङ्ग्लादेश, पाकिस्तान र माल्दिभ्स छन् । हरेक समूहबाट अङ्कको आधारमा शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया