पीएम कप महिला क्रिकेट : 'सुपर–फाेर' मा आर्मीले सुदूरपश्चिमला...
माघ १०, २०८१ बिहिबार
काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टीको विद्यार्थी सङ्गठनमा अलग्गै गतिविधि गर्ने समूहलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुल्पुल्याएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
आज बुधवार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले काठमाण्डाैमा आयोजना गरेको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा बोल्दै अर्थमन्त्रीसमेत रहनुभएका शर्माले यस्तो बताउनुभएको हो । उहाँले अराजकता गर्नेलाई नेतृत्वले पुल्पुल्याउने काम खराब भएकाले त्यस्तो कुरा मान्य नहुने बताउनुभयो । सङ्गठन विधि र पद्धतिमा चल्नुपर्ने उहाँकाे भनाइ छ ।
पार्टीमा एकले अर्काको विरुद्धमा अध्यक्षसमक्ष कुरा लगाउने प्रवृत्ति रहेको भन्दै उहाँले एउटाको कुरा सुनेर अर्कोप्रति मनमुटाव साँध्ने काम विद्यार्थी सङ्गठनको अध्यक्षले गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘विद्यार्थी सङ्गठनमा अराजकता गर्नेलाई नेतृत्वले पुल्पुल्याउने कुरा खराब हाे, त्यसको आलोचना गरौँ । त्यो कुरा मान्य हुँदैन । सङ्गठन सुदृढ गरेर जानुपर्छ भन्ने मेरो भनाइ छ । पद र शक्तिको होडमा आज कुरा गर्ने होइन, एजेन्डाको आधारमा कुरा गर्ने हो । त्यस कारण मैले विद्यार्थी सङ्गठनमा देखिएको समस्यालाई हल गर्नका लागि विद्यार्थी साथीहरूलाई गलत कुराको आलोचना गर्ने, सही कुराको समर्थन गर्ने हिम्मत गर्नुपर्छ भन्ने कुरा राख्न चाहन्छु ।’
अर्थमन्त्री शर्माले आफूले सधैँ नीति र नेतृत्वको रक्षा गरे पनि अध्यक्ष दाहालको आफू आलोचक पनि भएको बताउनुभयो । उहाँले भन्नुभयाे, ‘नीति र नेतृत्वको रक्षा गर्नुपर्छ तर त्यसको अर्थ नेतृत्वको कमजोरीको आलोचना नगर्ने होइन । आलोचना गर्नुपर्छ । म त प्रचण्ड कमरेडको आलोचक हुँ । आलोचना गर्छु । आलोचनाले नेतृत्वको रक्षा हुन्छ । चाकडीले रक्षा हुँदैन । लाइनले रक्षा हुँदैन ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।