कांग्रेसले १ सय सिट लिन पहल गर्नुपर्छ : नेता कोइराला

 भदौ २२, २०७९ बुधबार १८:३७:१८ | रासस
unn.prixa.net

फाइल फाेटाे

धनुषा – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आउँदाे प्रतिनिधि सभाको चुनावमा पार्टीले एक सयभन्दा कम सिट स्वीकार गर्न नहुने बताउनुभएको छ ।

आज बुधवार जनकपुरधाम विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उहाँले सत्ता गठबन्धनमा सहभागी अन्य दलसँग सहमति गरी नेपाली कांग्रेसले एक सय सिट लिन पहल गर्नुपर्ने बताउनुभयो ।

नेता कोइरालाले गठबन्धनभित्र सहमति हुन अझै बाँकी रहेकाले प्रतिनिधि सभाको सिट बाँडफाँट भइसकेपछि प्रदेश सभाको सिट बाँडफाँटमा कुराकानी हुने जानकारी दिनुभयाे । 

यसैबीच सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि गठन गरेको कार्यदलको बैठक अहिले बालुवाटारमा बसिरहेकाे छ । सिट बाँडफाँटको विषय टुङ्ग्याउन लगातार छलफल र बैठक हुँदै आए पनि सहमति हुन सकेको छैन ।

अन्तिम अपडेट: असार २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया