साफ महिला च्याम्पियनशिप : बङ्ग्लादेशले माल्दिभ्सलाई हरायाे

 भदौ २२, २०७९ बुधबार २०:११:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – साफ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिता अन्तर्गत आज बुधवार भएकाे दाेस्राे खेलमा बङ्ग्लादेशले माल्दिभ्सलाई हराएकाे छ । 

दशरथ रङ्गशालामा भएकाे खेलमा बङ्ग्लादेशले माल्दिभ्सलाई तीन–शून्य गाेलले हरायाे । आजै भएकाे पहिलाे खेलमा भारतले पाकिस्तानलाई तीन–शून्य गोलले हरायो ।

हिजो मङ्गलवारदेखि काठमाण्डौमा सुरु भएको प्रतियोगितामा नेपालले उद्घाटन खेलमा भुटानलाई चार–शून्य गाेलले हराउँदै विजयी सुरुवात गरेको छ । 

समूह 'ए' मा नेपाल, श्रीलङ्का र भुटान तथा समूह 'बी' मा भारत, बङ्ग्लादेश, पाकिस्तान र माल्दिभ्स छन् । हरेक समूहबाट अङ्कको आधारमा शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

अन्तिम अपडेट: कात्तिक २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया