एसिया कप क्रिकेटमा अफगानिस्तानलाई हराउँदै पाकिस्तान फाइनलमा : भारत बाहिरियो

 भदौ २३, २०७९ बिहीबार ६:३०:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एसिया कप टी–२० क्रिकेटको सुपर चारमा गएराति भएको खेलमा पाकिस्तानले अफगानिस्तानलाई हराएको छ । पाकिस्तान विजयी भएसँगै एसिया कप क्रिकेटको उपाधि दाबेदार मानिएको भारत सुपर चारबाटै बाहिरिएको छ । पाकिस्तानले अफगानिस्तानलाई एक विकेटले हराउँदै फाइनलमा पुगेको छ ।

पाकिस्तानसँगै श्रीलङ्का पनि फाइनल पुगेको छ । अफगानिस्तानसँगको खेलमा जितका लागि पाएको १ सय ३० रनको लक्ष्य पाकिस्तानले १९ ओभर २ बलमा ९ विकेट गुमाउँदै भेट्टायो । पाकिस्तानलाई अन्तिम ६ बलमा ११ रन चाहिएको थियो ।

नसिम शाहले पहिलो र दोस्रो बलमा लगातार छक्का हानेपछि पाकिस्तानले रोमाञ्चक जित हात पार्यो । उनले अविजित १४ रन जोडे । त्यस्तै पाकिस्तानका सादाब खानले ३६, इफ्तिखर अहमदले ३०, मोहम्मद रिजवानले २० तथा आसिफ अलिले १६ रन बनाए ।

अफगानिस्तानका फैजल फारुकी र फरिक अहमदले समान ३/३ विकेट लिए । राशिद खानले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो ।

अफगानिस्तानका इब्राहिम जाड्रानले ३५ तथा हर्जलुल्लाह जाजइले २१ रन बनाए । पाकिस्तानका हरिस राउफले २ विकेट लिए । निसम शाह, मोहमद हसनेन, सादब खान र मोहमद नवाजले १/१ विकेट लिए । भारत सुपर चारको पहिलो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा भारत श्रीलङ्कासँग ६ विकेटले पराजित भएको थियो ।

एसिया कपबाट बाहिरिएका भारत र अफगानिस्तानबीच आज खेल हुनेछ । विजयी टोलीको दुई अङ्क मात्र हुनेछ । पाकिस्तानले अन्तिम खेलमा भोलि श्रीलङ्कासँग खेल्नेछ । उपाधिका लागि आइतवार श्रीलङ्का र पाकिस्तान खेल्नेछन् ।

अन्तिम अपडेट: असार १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया