नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता आजदेखि सुरु

 भदौ २३, २०७९ बिहीबार १०:१३:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नवौंँ राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद भने असोज २८ देखि कात्तिक ३ गतेसम्म हुनेछ । तर, पुरुष क्रिकेट त्यसअगाडि नै सुरु भएको हो । प्रतियोगिताको पहिलो दिन आज चार खेलहरु हुँदैछन् ।

आज एनआरएनए टोली र सुदूरपश्चिम प्रदेश, वाग्मती प्रदेश र प्रदेश-१, मधेस प्रदेश र गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेश खेल्दैछन् । यी खेलहरु कीर्तिपुर र मूलपानी मैदानमा हुँदैछन् ।

प्रतियोगितामा तीन विभागीय, सात वटा प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी ११ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया