नेपाल भलिबल सङ्घको अध्यक्षमा जितेन्द्रबहादुर चन्द निर्वाचित

 भदौ २३, २०७९ बिहीबार ११:०:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल भलिबल सङ्घको अध्यक्षमा जितेन्द्रबहादुर चन्द निर्वाचित भएका छन् । गएराति भएको चुनावी साधारण सभामा निरोज मास्केलाई २६ मतले पराजित गरी चन्द सङ्घको नयाँ अध्यक्षमा निर्वाचित भएका हुन् ।

सङ्घको चार वर्षे नयाँ नेतृत्वका लागि उपाध्यक्ष मास्के र महासचिव चन्द चुनावी प्रतिस्पर्धामा थिए । अध्यक्षमा निर्वाचित चन्दले ७६ र मास्केले ५० मत प्राप्त गरेकी छन् । महासचिव पदमा चन्दकै प्यानलका रोशन श्रेष्ठ निर्वाचित भए । श्रेष्ठले ८५ र मनवीर छन्त्यालले ३९ मत प्राप्त गरे ।

कोषाध्यक्षमा पनि चन्द प्यानलकै श्याम श्रेष्ठ निर्वाचित भएका छन् ।  

अन्तिम अपडेट: असार ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया