खै ! अमेरिकी सेना नेपाल आयाे त, यस्ताे कुरा पनि पत्याएर हिँड्ने हाे ? : देउवा

 भदौ २४, २०७९ शुक्रबार १७:१७:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

चितवन – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अझै पनि अमेरिकी सहयाेग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) लाई लिएर भ्रम फैलाइएकाे भन्दै आपत्ति जनाउनुभएकाे छ । 

नेपाली कांग्रेस चितवनले आज शुक्रवार आयोजना गरेको ‘जनताको साथमा कांग्रेस अभियान’ को समापन कार्यक्रममा बाेल्दै देउवाले यस्ताे बताउनुभएकाे हाे । कतिपयले एमसीसीसँगै अमेरिकी सेना बस्छ भनेर भ्रम फैलाएकामा आपत्ति जनाउँदै उहाँले भन्नुभयो, खै ! विदेशी सेना आयो त ? अहिले विदेशी सेना आएको छ त ? यस्तो पनि कुरा पत्याएर हिँड्ने हो ?

कार्यक्रममा बाेल्दै प्रधानमन्त्री देउवाले झुटा आक्षेप लगाउने र प्रचार गरेर पार्टीलाई सिद्धयाउन षड्यन्त्र भइरहेकाे दाबी पनि गर्नुभयाे । कांग्रेसलाई बलियाे र ठूलाे पार्टी बनाउन गठबन्धन आवश्यक रहेकाेले भ्रमकाे पछाडि नलाग्न नेता कार्यकर्तालाई उहाँकाे आग्रह थियाे । 

यस्तै कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाणले पार्टी र लोकतन्त्रको हितका लागि गठबन्धन आवश्यक रहेकाे बताउनुभयाे । उहाँले विधिको शासन र संविधानको रक्षाका लागि गठबन्धन अघि बढेको जिकिर गर्नुभयाे ।

यस अवसरमा जिल्लाका विभिन्न तह र तप्कामा रहेर पार्टीलाई योगदान पुर्‍याउने जीवित र मरणोपरान्त गरी एक सय ५० जनालाई सम्मान गरिएको थियो ।

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया