वालिङलाई हराउँदै बाग्मती युथकाे पहिलाे जीत
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै - गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले सामुदायिक कुकुरलाई स्थायी बन्ध्याकरण गरेको छ । कुकुरलाई व्यवस्थापन गर्ने उद्देश्यले बन्ध्याकरण अभियान अन्तर्गत गाउँपालिका भित्रका झण्डै ६० वटा कुकुरलाई बन्ध्याकरण गरिएको अध्यक्ष यदु ज्ञवालीले बताउनुभयो ।
भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्रको प्राविधिक सहयोगमा गाउँपालिकाले कुकुरमा बन्ध्याकरण अभियान नै चलाएको हो । कुकुरको बन्ध्याकरणले सामुदायिक कुकुरको सङ्ख्या नियन्त्रण, गाउँघरका अरु पशुचौपायालाई टोक्ने समस्या तथा रेबिज रोगको जोखिम रोकथाम हुने भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्रका प्रमुख डाक्टर भरत काफ्लेले बताउनुभयो ।
विगतमा कुकुरको समूह नै गाउँमा पसेर घरमा पालेका पशुचौपायालाई टोक्ने र मार्ने गरेपछि समस्या बढ्दै गएको थियो ।
पशुचौपायालाई टोकेर हैरान पार्न थालेपछि स्थानीय बासिन्दाले कुकुर नियन्त्रण गर्न गाउँपालिकालाई निरन्तर दबाब दिएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।