महिला साफ च्याम्पियनसिपमा माल्दिभ्सलाई ९–० गोलले हराउँदै भारत सेमिफाइनलमा

 भदौ २५, २०७९ शनिबार १९:३८:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - महिला साफ च्याम्पियनसिप फुटबलमा भारतले माल्दिभ्सलाई ९–० गोलको फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको छ ।

दशरथ रङ्गशालामा आज भएको दोस्रो खेलमा भारतका लागि अञ्जु तामाङले ह्याट्रिकसहित ४ गोल गरिन् । यस्तै डाङमेई ग्रेसले दुई तथा प्रियंका देवी, काश्मिना र सौम्या गुगुलोथले एक/एक गोल गरे ।

भारतको यो लगातार दोस्रो जित हो । समूह ‘ए’ बाट भारत र बङ्गलादेश समान २/२ जितका साथ सेमिफाइनलमा पुगेका छन् । भारतले पहिलो खेलमा पाकिस्तानलाई ३–० गोलले हराएको थियो । बङ्गलादेशले आज भएको दोस्रो खेलमा पाकिस्तानलाई ६–० गोलले हरायाे । 

पहिलो खेलमा बङ्गलादेशले माल्दिभ्सलाई ३–० गोलले हराएको थियो । प्रतियोगिताको समूह ‘ए’ मा भारत, पाकिस्तान, बङ्गलादेश र माल्दिभ्स तथा ‘बी’ मा नेपाल, श्रीलङ्का र भुटान रहेका छन् । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया