पीएम कप महिला क्रिकेट : 'सुपर–फाेर' मा आर्मीले सुदूरपश्चिमला...
माघ १०, २०८१ बिहिबार
काठमाण्डौ - काठमाण्डौ महानगरपालिकालगायत देशका विभिन्न नगरपालिकाका मेयर, उपमेयर, प्रशासकीय अधिकृत र विदेशी पाहुनासहित ७५ जनाको टोलीले भक्तपुर नगरपालिकाको ऐतिहासिक सम्पदाको अवलोकन गरेको छ ।
काठमाण्डौका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डङ्गोल, जुम्लाको चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायत, उपमेयर रामदेवी खड्का, नवलपरासीको रामग्राम नगरपालिकाका मेयर धनपत यादव र उपमेयर सम्झना चौधरी, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङ र उपमेयर उमा प्रधान, धनकुटाको पाख्रीबास नगरपालिकाका मेयर ज्ञानबहादुर गुरुङ र उपमेयर नम्रता गौतम, डडेलधुराकाे अमरगढी नगरपालिकाका मेयर डिल्लीराज जोशी र उपमेयर पार्वती झुकाल तथा नेपालका लागि अमेरिकाका पूर्वराजदूत स्कट हेनरी डेल्सी र नगर पार्सद सदस्य मोहम्मद हुसेन सरिफ एवम् प्रशासकीय अधिकृतसहितको टोलीले भक्तपुरको दरबार स्क्वायर क्षेत्र, पाँचतले मन्दिर हुँदै पैदल यात्रा गर्दै दत्तात्रय मन्दिर क्षेत्रका सम्पदाको स्थलगत अवलोकन भ्रमण गरेका हुन् ।
इन्द्रजात्रा अवलोकन गर्न काठमाण्डौ आएको भ्रमण टोलीलाई भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले भादगाउँले टोपी र उपमेयर रजनी जोशीले नगरपालिकाको लोगो अङ्कित परम्परागत खादा तथा महिला अतिथिलाई सुर्केथैली उपहारसहित स्वागत गरेका थिए ।
सम्पदाको अवलोकन पछि मेयर प्रजापतिले भ्रमण टोलीलाई प्रसिद्ध मयुर झ्याल र नगरपालिकाका प्रकाशन उपहार स्वरुप दिनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।