‘एउटा मन्त्रालय देशभित्रै स्वरोजगार हुनुपर्छ भन्छ, अर्को मन्त्रालय रेमिट्यान्सका लागि म्यानपावर गुहार्दै हिँड्छ’

 भदौ २६, २०७९ आइतबार १४:२७:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले युवा तथा खेलकुद मन्त्रालयलाई दुई भागमा विभाजन गर्न आवश्यक रहेको बताउनुभएको छ । आइतवार काठमाण्डौमा आयोजित नेपाल युवा उद्यमशिलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।  

उहाँले युवा तथा खेलकुद मन्त्रालयलाई युवा, श्रम तथा रोजगार मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयको रूपमा विकास गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘युवा तथा खेलकुद मन्त्रालयलाई दुई भागमा बाँड्नुपर्छ भन्ने मलाई लाग्छ । युवा तथा खेलकुद मन्त्रालयलाई युवा, श्रम तथा रोजगार मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयको रुपमा विकास गर्न आवश्यक छ । अहिले राज्यकै नीति पनि अन्तरविरोध भइरहेको छ । एउटा मन्त्रालय देशभित्रै स्वरोजगार हुनुपर्छ भन्छ, अर्को मन्त्रालय रेमिट्यान्स ल्याउन बाहिर जानुपर्छ भनेर म्यानपावर गुहार्दै हिँड्छ । हामीलाई रेमिट्यान्स चाहिन्छ, दक्ष जनशक्ति बाहिर श्रमका लागि पठाउनुपर्छ । ’

कार्यक्रममा बाेल्दै मन्त्री गहतराजले युवालाई देशभित्र नै स्वरोजगारको वातावरण बनाउने कुरा नै आउँदो चुनावको मुख्य मुद्दा बन्नुपर्ने बताउनुभयाे । उहाँले युवा र स्वरोजगारका मुद्दालाई अघि बढाउने पार्टीहरूले नै देशको नेतृत्व गर्नुपर्ने बताउनुभयो । देशभित्र नै स्वरोजगारको वातावरण बनाउँदा अहिले विदेश पलायन भइरहेको युवा शक्तिलाई रोक्ने उहाँको भनाइ छ । 

मन्त्री गहतराजले प्राकृतिक स्राेत र साधनलाई सही ढङ्गले सदुपयोग गर्ने नयाँ सोच ल्याउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले एकद्वार प्रणालीबाट युवालाई तालिम दिने हो भने झन्डै ७० अर्ब रुपैयाँ रकम केन्द्रित गर्न सक्ने आधार सरकारसँग रहेको बताउनुभयो । 

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया