लगनखेलकाे मञ्जुश्री पेट्राेल पम्प हटाइँदै, भत्काउन थालियाे

 भदौ २६, २०७९ आइतबार १४:५६:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – ललितपुर महानगरपालिकाले लगनखेलमा रहेको मञ्जुश्री पेट्रोल पम्प हटाउन सुरु गरेको छ । केहीबेर अगाडि सिल गरेर भत्काउने प्रक्रिया थालिएको महानगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिनुभयो । डोजर लगाउँदा पेट्रोल पम्पमा आगलागीको जोखिम हुने भएकाले हातले नै भत्काउन थालिएको उहाँले बताउनुभयो ।

महानगरकै जग्गामा मापदण्ड विपरीत बनाइएकाे पेट्रोल पम्प लामो समयदेखि सञ्चालनमा रहेको थियो । महानगरले सार्वजनिक जग्गामा रहेको सबै संरचना हटाउने अभियानअन्तर्गत यो पेट्रोल पम्प पनि हटाउन थालिएको उहाँले बताउनुभयो ।

महानगरका मेयर चिरीबाबु महर्जनसहितको टोली लगनखेल पुगेर पेट्रोल सेन्टरमा भएको इन्धन खाली गराएपछि भत्काउन सुरु गरिएको हो । मापदण्ड विपरीत बनाइएको यो पेट्रोल पम्प सञ्चालनमा रहेको संरचना हटाउनका लागि महानगरले पटक–पटक आग्रह गर्दा पनि सञ्चालकले अटेर गरेपछि महागर आफैँले भत्काउन थालेको हो । 

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया