पीएम कप महिला क्रिकेट : 'सुपर–फाेर' मा आर्मीले सुदूरपश्चिमला...
माघ १०, २०८१ बिहिबार
काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले कोटेश्वर क्षेत्रका अनधिकृत संरचना हटाउन डोजर चलाएको छ । तीनकुने–कोटेश्वर क्षेत्रका अनधिकृत संरचना हटाउन यसअघि पटक–पटक माइकिङ गर्दै आएको महानगरले आज आइतवार डाेजर लगेर हटाउन थालेको हो ।
महानगरले सूचना दिँदा पनि अटेर गरेर फुटापाथ ढाकेर बनाएको पाली, भर्याङ तथा सिँढीहरू हटाएको काठमाण्डाै महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले बताउनुभयो । महानगरले अघिल्लो हप्ता पनि कोटेश्वरको सुन्दर बजारसहितको क्षेत्रमा डोजर चलाएको थियो ।
यस्तै कोटेश्वरमा रहेको भाटभटेनीको अन्डरग्राउन्ड पनि नक्सापास विपरीत व्यापारिक प्रयोजनमा रहेको पाइएपछि हटाउन थालेको महानगरपालिकाले जनाएको छ । आफूहरूले हटाउन थालेपछि भाटभटेनी आफैँले २४ घण्टाभित्र हटाइसक्ने बताएपछि २४ घण्टे समय दिएको काठमाण्डौ महानगरका नगर प्रहरी प्रमुख पाण्डेले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।