पीएम कप महिला क्रिकेट : 'सुपर–फाेर' मा आर्मीले सुदूरपश्चिमला...
माघ १०, २०८१ बिहिबार
काठमाण्डाै - नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको केन्द्रीय समितिले त्रिभुवन विश्वविद्यालय समिति विघटन गरेको छ ।
नेपाल विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति निकालेर विद्यालयस्तरीय समितिले पछिल्लो केही समययता त्रिभुवन विश्वविद्यालयलाई असर गर्ने गतिविधि गरेकाले समिति नै विघटन गरिएको जानकारी दिनुभएको ।
अब अर्को समिति घोषणा नहुञ्जेलसम्म नेविसङ्घको नाममा कुनै वक्तव्य निकाल्न नपाइने, कुनै निर्णय गर्नुपरेमा केन्द्रसँग अनिवार्य अनुमति लिनुपर्ने र व्यक्तिगत लहडबाजीमा नभइ आपसी सहमतिमा निर्णय लिनुपर्ने विज्ञप्तिमा भनिएको छ ।
त्रिवि प्रशासनमा लामो समय तालाबन्दी, प्राध्यापकहरुमाथि कुटपिटलगायत घटनाहरुमा नेविसङ्घका कार्यकर्ताहरु मुछिएकोबारे पनि नेविसङ्घ केन्द्रले चासो व्यक्त गरेको छ । अहिलेसम्म त्रिभुवन विश्वविद्यालयमा नेतृत्व गर्ने विद्यार्थी नेताहरुलाई धन्यवाद ज्ञापन गर्दै अब सङ्गठनलाई थप शसक्त र सङ्गठित गर्ने दायित्व केन्द्रीय समितिको भएको विज्ञप्तिमा जनाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।