सावित्राले श्रीलङ्कासँगकाे खेल गुमाउने

 भदौ २७, २०७९ सोमबार १७:२३:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीले महिला साफ च्याम्पियशिपअन्तर्गत आज साेमवार हुने श्रीलङ्कासँगकाे खेल गुमाउने भएकी छिन् ।

उनको स्वास्थ्यमा समस्या देखिएपछि श्रीलङ्कासँगको खेल गुमाउने निश्चित भएको हो । सावित्रालाई डेङ्गी देखिएपछि आजको खेलमा विश्राम लिने अखिल नेपाल फुटबल सङ्घका प्रवक्ता सुरेश साहले बताउनुभयो । सावित्रासँगै गोलरक्षक प्रशिक्षक सुरज मोक्तानलाई पनि डेङ्गी देखिएको छ । उनीहरूकाे स्वास्थ्य स्थिति भने सामान्य रहेको छ । 

यसअघि राष्ट्रिय फुटबल टोलीका सदस्य मन्जलीकुमारी योन्जनलाई पनि डेङ्गी सङ्कमण भएको थियो । नेपालले श्रीलङ्कासँग आज बेलुकी साढे ५ बजे खेल्दैछ । याे खेल त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा हुनेछ । 

यसअघि नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई चार–शून्य गोलले पराजित गरेको थियो । त्यति बेलाको खेलमा सावित्रा भण्डारी र अनिता बस्नेतले दुई/दुई गोल गरेका थिए । 

समूह 'बी' मा रहेको नेपालले एक खेलमा तीन अङ्क जोडेको छ । नेपालले श्रीलङ्कालाई पराजित गरेमा समूह 'बी' को विजेता बन्दै सेमिफाइनलमा पुग्नेछ ।

समान एक खेल खेलको श्रीलङ्का अङ्कविहीन छ । यसअघि भएको खेलमा श्रीलङ्का भुटानसँग पराजित भएको थियो ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया