एकै सिटमा २/३ पक्षकाे दाबी छ, सबै दल लचिलाे हुनुकाे विकल्प छैन : मन्त्री कार्की

 भदौ २७, २०७९ सोमबार १७:५७:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सहमतिपूर्वक सिट बाँडफाँट सम्पन्न गर्नका लागि सबै दल लचिलो हुनुको विकल्प नरहेको बताउनुभएको छ । 

सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको सिट बाँडफाँटका लागि शीर्ष नेताहरूको छलफलका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री कार्कीले यस्तो बताउनुभएको हो । उहाँले सत्ता गठबन्धनका शीर्ष नेताहरूको छलफल निर्णयको नजिक रहेको दाबी पनि गर्नुभयाे । मन्त्री कार्कीले निर्णयको नजिकमा सहमतिपूर्ण तरिकाले छलफल भइरहेको र बैठकको अवस्था सकारात्मक रहेको बताउनुभयो । उहाँले बैठकमा द्विपक्षीय, त्रिपक्षीय र सामूहिकरूपले छलफल प्रारम्भ भएको जानकारी दिनुभयो । मन्त्री कार्कीले दलहरूको आ–आफ्नो अडान कायम रहेको भन्दै त्यसबारेमा विश्लेषण भइरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘निर्णयको नजिकमा सहमतिपूर्ण तरिकाले छलफल अघि बढिरहेको छ । अहिलेको आवश्यकता सबैले लचिलो हुनुको विकल्प छैन । तथापि पनि दलहरूको आफ्नो आफ्नो अडान छ । एकै सिटमा दुई, तीन पक्षले दाबी गरेको अवस्था छ । त्यसलाई समाधान गरेर एउटामात्रै गठबन्धनको उम्मेदवार बनाउनुपर्ने छ ।’

मन्त्री कार्कीले केही निर्वाचन क्षेत्रमा सबै दलले आ–आफ्नो दाबी गरेका कारण उम्मेदवार टुङ्गो लगाउन छलफल भइरहेको बताउनुभयो । आउँदाे प्रदेश र प्रतिनिधि सभा चुनावका लागि सत्तारूढ गठबन्धनभित्रका पाँच दलबीच सिट बाँडफाँटको टुङ्गो लगाउन लामो समययता बैठक र छलफल चलिरहेको छ । 

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया